एकैदिन भएका अर्थपूर्ण दुई भेटवार्ताले लिन खोजेको राजनीतिक कोर्स, दिन खोजेको सन्देश

राजनीतिक निकासको विकल्प प्रतिनिधिसभा पुन:स्थापना कि आमनिर्वाचन भनेर मुलुक दुई कित्तामा विभक्त भइरहेको समयमा सोमबार (पुस ७) गते महत्त्वपूर्ण राजनीतिक भेटवार्ता भए– शेरबहादुर देउवा र केपी शर्मा ओली तथा रवि लामिछाने र बालेन शाहबीच । देउवा–ओलीभन्दा रवि–बालेन भेटले धेरैको ध्यान खिच्यो । सहकारी ठगी मुद्दामा अदालतको आदेशले धरौटीमा रिहा भएका रास्वपा सभापति लामिछाने र काठमाडौंका मेयर बालेनको भेटले एकप्रकारको राजनीतिक तरंग सिर्जना गरेको छ । विघटित प्रतिनिधिसभाका प्रमुखदलहरू पुन:स्थापना र सर्वपक्षीय सर...