एकै ओभरमा ५ विकेट लिने पहिलाे खेलाडी बने इन्डाेनेशियाका गिड प्रियन्दना

काठमाण्डाै – इन्डोनेशियाका गिड प्रियन्दना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा पाँच विकेट लिने विश्वको पहिलो बलर बनेका छन् । बालीमा आज कम्बोडियासँगको खेलमा २८ वर्षीय प्रियान्दनाले यो उपलब्धि हासिल गरेका हुन् । इन्डोनेशियाले दिएको १ सय ६८ रन पछ्याएको कम्बोडियाले १५ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । त्यसपछि बलिङमा आएका इन्डोनेशियाका गीड प्रियान्दनाले १६औं ओभरको लगातार तीन बलमा विकेट लिएर ह्याट्रिक पूरा गरे । त्यसपछि उनले एक बल डट राखे र अर्काे बलमा फेरि विकेट लिए । त्यसपछि एक वाइड द...