विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग झन्डै ४ अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । सार्वजनिक खर्चको अनुगमन गर्ने सरकारी निकाय स्टेट अडिट ब्युरोले बौब्यान टापुमा निर्माणाधीन मुबारक अल–कबीर बन्दरगाह परियोजना पूरा गर्न इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) सम्झौता अन्तर्गत ४ अर्ब १६ करोड ४० लाख डलर खर्च हुने जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कुवेतका प्रधानमन्त्री शेख अहमद अल–अब्दुल्लाह अल&n...