राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल गराउन सरकार र राजनीतिक दलहरूसँग आग्रह गरेका छन् । सरकार र राजनीतिक दलको नेतृत्वलाई एकै ठाउँ राखेर राष्ट्रपतिले चुनाव सफल बनाउन आग्रह गरेका हुन् । तर, दलहरूले भने चुनावका लागि वातावरण नबनेको कुरा दोहोर्याएका थिए । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनि...