नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताएका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज आयोजना गरेको कार्यक्रममा नेता डा. कोइरालाले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ति नभएको बताए । 'चुनावमा जान कांग्रेस तयार छ, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, पाँच हजार कैदीबन्दी कारागार बाहिर रहेका छन्, ७०० भन्दा बढी प्रहरीका हातहतियार लुटिएका छन्, ...