कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा

कोलम्बियामा नेशनल लिबरेशन आर्मी (ईएलएन)  विद्रोही समूहविरुद्ध अभियान गर्दा अपहरण गरिएका १८ सैनिकहरू स्थानीय बासिन्दा र क्याथोलिक चर्च तथा मानवअधिकार कार्यालयको सहयोगमा रिहा भएका छन् । रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, ती सैनिकहरूलाई उत्तरपश्चिमी चोको विभागमा करिब २०० व्यक्तिले घेरेर जबर्जस्ती एक आदिवासी आरक्षणमा लगिएको थियो । स्थानीय बासिन्दाहरूले सोमबार सैनिकहरूलाई क्याथोलिक चर्च र मानवअधिकार संरक्षण कार्यालयका प्रतिनिधिहरू मिलेर बनाएको मानवीय आयोगलाई हस्तान्तरण गरेका थिए ।  मानवअधिकार संरक्षण कार्यालय...