राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल

 सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता  सुनिश्चित हुने बताएका छन् ।  येशु ख्रिस्टको शुभजन्मोत्सव २०८२ को अवसरमा राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले फागुन २१ गते हुने निर्वाचनमार्फत मुलुकमा नयाँ परिवर्तन र समृद्धिको ढोका खोल्नुपर्नेमा जोड दिए ।  “देशको समृद्धि भएमात्रै नागरिकको हक र अस्तित्व रहन्छ, त्यसपछि हाम्रो मौलिक हक र धर्मको स्वतन्त्रता सुनिश्चित हुन्छ । गलत राजनीति...