राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रत्यक्षतर्फ पहिलो प्राथमिकतामा राख्दै उम्मेदवार सिफारिस गरेको छ । राप्रपा पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ कार्यसमितिको मंगलबार बसेको बैठकले आगामी फागुन २९ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । सो निर्णयअनुसार क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमिति पर्सालाई उम्मेदवारहरूको नामावली पठाएको छ । क्षेत्रीय अध्यक्ष नरेन्द्र प्रसाद चौरसियाद्वारा जिल्ला अध्यक्षला...