महिला टी–२० श्रृंखलाको दोस्रो खेलमा भारतले श्रीलंकालाई ७ विकेटले हरायो

काठमाण्डौ – भारतले महिला टी– २० श्रृंखलाको दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराएको छ । पाँच खेलको श्रृंखलामा भारतको यो लगातार दोस्रो जीत हो । भारतले श्रृंखलामा २–० को अग्रता बनाएको छ । हिजो विशाखापट्टनममा भएको खेलमा १ सय २९ रनको लक्ष्य पछ्याएको भारतले सेफाली वर्माको अर्धशतकमा ११ ओभर ५ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । सेफालीले ३४ बलमा अविजित ६९ रन बनाइन । त्यसअघि श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । भारतले पहिलो खेल ८ विकेटले जितेको थियो ।...