तीन वटा होटललाई तिराइयो जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई कूल ४५ हजार रूपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौंलाई १५ हजार, पाककला प्रालिलाई १० हजार र इन्द्रेणी फुड वर्ल्ड एन्ड ब्याङ्केटलाई २० हजार जरिवाना गरिएको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो । यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुगमन गरेकामा १५ वटालाई सुधारात्मक ...