भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला बिक्री गरेका हुन् ।  अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गरेका उनले यस वर्ष रु तीन लाख बढी आम्दानी लिएको बताए । भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि यहाँका कृषकहरु सुन्तलाखेतीमा लागेको उनले जानकारी दिए । थापाले बेनीकोटमा विगत केही वर्षदेखि सुन्तलाका बोट मर्ने समस्या रहेको गुनासो गरे ।&nbs...