कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

 नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै छ ।  बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।  बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।