काठमाण्डौ – राहदानी विभागले अब २ दिनभित्रै राहदानी उपलब्ध गराउने भएको छ । कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको र आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने विभागले जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशमा रहेको नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ । गएको मङ्सिर १५ गतेसम्म आवेदन दिएकालाई यही पुस...