तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँचवर्षसम्म बनेन

पाँचवर्ष बितिसक्दा पनि तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मादीसेती नदीमाथिको मोटरेबल पुल निर्माण पूरा हुनसकेको छैन । गण्डकी प्रदेशको महत्त्वपूर्ण मानिएको यस पुल समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोग्न बाध्य छन् । पुल निर्माणको समय लम्बिँदा आयोजनाको लागत बढ्दै गएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्रप्रताप तिवारीले निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको जानकारी दिए ।  उनका अनुसार पुलको ‘स्टिल पाट्र्स’ फेब्रिकेसनको काम सकिएको र दुईवटा ‘स्प...