तीव्र गतिका बलर जोफ्रा आर्चर एसेस टेस्ट क्रिकेट शृंखलाको बाँकी खेलबाट बाहिरिएका छन् । अस्ट्रेलियाविरुद्धको चौथो र पाँचौं टेस्टमा उनी सहभागी हुने छैनन् । स्वास्थ्य समस्याका कारण उनी टोलीबाट बाहिरिएको इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले जनाएको छ । जारी एसेस शृंखलामा निराशाजनक प्रदर्शन गर्दै आएको इङ्ल्यान्डका लागि यो अर्को झट्का हो । ३० वर्षीय आर्चर चार वर्षको अनुपस्थितिपछि गत जुलाईमा इङ्ल्यान्डको टेस्ट टोलीमा फर्किएका थिए । त्यो अवधिमा स्वास्थ्य समस्याकै कारण उनी टोलीमा थिएनन् । जारी एसेस शृंखलाको चौथो टेस्ट शुक्रबार मे...