सप्तरीको छिन्नमस्ता गाउँपालिका- ४ बाट करिब ८ सय २४ किलो ६ सय ग्राम गाँजासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजबिराज नगरपालिका- ११ बस्ने २९ वर्षीय रामकुमार यादव छन् । उनलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले को १ च ९६६५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा ३२ वटा पोकामा रहेको उक्त गाँजा बरामद गरेको हो । गाँजासँगै प्रहरीले चालक रामकुमारलाई पनि नियन्त्रणमा लिएको ...