इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन टेलिकमले सीपीई र एपी उपलब्ध गराउने

नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाई ६ राउटर (सीपीई) र एपी उपलब्ध गराउने भएको छ ।  यस अनुसार अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुनेछ । नेपाल टेलिकमले पहिले वाइफाई ५ प्रविधिको सीपीई (CPE - Customer Premises Equipment) उपलब्ध गराइरहेकोमा अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी (AP- Access Point) समेत उपलब्ध गराउने भएको हो ।  नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थान...