९ पुस, कर्णाली । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार शान्ति सुरक्षा कायम गर्दै सुशासनमा केन्द्रित रहेको बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘सुरक्षा निर्देशन दिन संघीय सरकारबाट आदेश लिनुपर्ने अवस्थाले […]