९ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको लागि उचित वातावरण बनिसकेको दाबी गरेका छन् । जनमत पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उचित वातावरण बनिसकेको जिकिर गरेका हुन् । सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार रहेको र आवश्यक तयारी गरिरहेको पाएको पनि उनले बताए […]