नेपाली खेलकुदको इतिहासमा पहिलो पटक राष्ट्रिय पारा खेलकुद प्रतियोगिता हुने भएको छ । आगामी फागुनमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएलगत्तै कर्णाली प्रदेशमै प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको १२४औं बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । १०औं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ । त्यसको दुई सातापछि नै प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना गरिने छ । बोर्ड बैठकले पारा खेलकुद आयोजना गर्ने निर्णय गरे प...