... अनि देउवा-ओली-प्रचण्डसँग राष्ट्रपतिले सोधे : त्यसो भए निकास के त ?

फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा चुनाव अन्योलपूर्ण बन्दै गएको सन्दर्भमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गरे । शीर्ष नेतासहितको बैठकमा ‘चुनाव गराउन मुख्य राजनीतिक दल र सरकार सहमत भएको' भनेर राष्ट्रपतिको सचिवालयले एकतर्फी सूचना सम्प्रेषित गरे पनि खासमा त्यो बैठकमा त्यस्तो कुनै सहमति भएको थिएन । बरु, राजनीतिक दलका नेताले राष्ट्रपतिलाई दलहरूबीच नयाँ सहमति हुने जनाउ दिएर फर्किएको स्रोतले लोकान्तरलाई बतायो । बैठकको शुरूमै राष्ट्रपति पौडेलले विष...