राष्ट्रपति पौडेललाई विप्लवको १३ बुँदे ज्ञापनपत्र, सुशीला कार्की नेतृत्वको सरकार भङ्ग गर्न माग

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीले सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै माओवादीले सुशीला कार्की नेतृत्वको सरकार भङ्ग गरेर नयाँ सर्वपक्षीय सरकार गठन गर्न माग गरेको हो । 'वर्तमान अन्तरिम सरकारलाई भंग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ,' ज्ञापनपत्रको पहिलो मागमा माओवादीले लेखेको छ । यस्तै, जेनजी विद्रोहको भावना अनुरूप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधा...