प्रधानमन्त्री कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले आज भेट गरेका छन् । कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायतको टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट गरेको हो । टोलीले विशिष्ट अवस्थामा गठन भएको यस सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक सम्पन्न गर्न सकोस् भनी शुभकामना पनि व्यक्त गरेको थियो। प्रधानमन्त्री कार्की प्रतिष्ठानकी पदेन संरक्षक हुन् । यस अवसरमा कुलपति शर्माले प्रतिष्ठानको अवस्था र कार्ययोजनाका बारेमा जानकारी गराइन् । देशभर...