सुन्धारा कारागारबाट भागेका तीन कैदीबन्दी पक्राउ

९ पुस, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका तीन जना कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका-१ का ३४ वर्षीय सन्जिव परियार भन्ने राजेन्द्र दर्जी, मकवानपुरको चुरियामाई गाउँपालिका-३ का ३७ वर्षीय राजेन्द्र परियार र धादिङको थाक्रे गाउँपालिका-१० का ३५ वर्षीय विवेक परियार भन्ने राजेन्द्र दर्जी रहेका छन् । […]