नेपालले पहिलोपटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने

९ पुस, काठमाडौं । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ। भारतीय आईस स्केटिङ संघको आयोजना र एसियाली आईस स्केटिङ महासंघ (एएसयू) तथा अन्तर्राष्ट्रिय स्केटिङ महासंघ (आईएसयू) को सहकार्यमा हुने शर्ट ट्रयाक स्पीड आईस स्केटिङ प्रतियोगिता आगामी पुस १२ देखि १४ गतेसम्म भारतको देहरादूनस्थित हिमाद्री अन्तर्राष्ट्रिय आईस स्केटिङ रिंक सेन्टरमा आयोजना हुँदैछ। […]