विजय बरालसँग पर्दामा देखिँदै ‘एक्टर: टेक वन’का निर्देशक राजन भुसाल

लोकप्रिय अभिनेता विजय बराल प्रमुख भूमिकामा देखिने नयाँ नेपाली चलचित्र ‘जिरो डिग्री’मार्फत चलचित्र निर्देशक राजन भुसालले अभिनयमा डेब्यु गर्ने भएका छन् । भुसाल यस चलचित्रको कथाकार समेत हुन् । ‘जिरो डिग्री’को निर्देशन भने सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा गर्दैछन् । यसअघि भुसालले निर्देशन गरेको चलचित्र ‘एक्टर: टेक वन’बाट उनी दर्शकमाझ परिचित छन्। यी निर्देशकद्वयले यसअघि ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेर चर्चा कमाइसकेका छन् । मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागे...