नेपालका क्यासिनोमा नेपालीलाई प्रतिबन्ध छ । विशेषगरी भारतीयले नै नेपालका क्यासिनो धानेका छन् । पछिल्ला दिनमा काठमाडौंमै सञ्चालित क्यासिनोमा प्रहरीले छापा मार्न छाडेको थियो । यहीबीचमा इभेन्ट सञ्चालनको नाममा दुईसय जना भारतीय नागरिकहरू काठमाडौंका होटलमा बसेको सूचना प्रहरीले पायो । ‘महाकाया ग्रुप’ नामको कम्पनीले काठमाडौंको मेरियट होटलमा जुवा खेलाइने र होटलमा बस्ने, खाने (मदिरासहित) सुविधा नि:शुल्क गरिएको विज्ञापन निकाल्यो । ‘कम्प्लिमेन्ट्री’ भनेर पशुपतिनाथको दर्शन र चन्द्रागिरि हिल्समा लैजाने भ...