कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशभित्रका राजमार्ग चौबिसै घण्टा यातायात सञ्चालन हुने वातावरण मिलाउन सङ्घ सरकारसँग माग गरेका छन् । उनले कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापनमा हाल कर्णाली राजमार्गसँगै भेरी करिडोरको जाजरकोट खण्डमा रात्रीकालीन यातायात सेवा बन्द हुँदै आएको जानकारी दिए । सङ्घ सरकारको मातहतका यी सडकमा राति यातायातका साधन चल्न सकेका छैनन् । दश जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सुरक्षा निकायका केन्द्रीय प्रमुखहरु तथा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी उक्त गोष्ठीमा मुख्यमन्त्...