प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–८ का ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा–५ काठुटोल बस्ने ३३ वर्षीय अनिमेष अवा, दोलखा तामाकोशी–४ का ३३ वर्षीय वासु खड्का, झापा कमल गाउँपालिका–२ का ४७ वर्षीय भिमबहादुर नेम्वाङ, काठमाडौँ–८ गुह्वेस्वरी गौरीघाटका ४३ वर्षीय प्रदीप श्रेष्ठ, कागेशवरी मनहोरा–५ बस्ने ३६ वर्षीया ...