काठमाण्डौ – प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटमाथि एकैसाथ सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले नेपाली कांग्रेस र अरु दलका निवर्तमान सांसदले दायर गरेको रिटलाई साथै राखेर पेश गर्न आदेश दिएको हो । यो आदेशसँगै अब संसद् विघटनसम्बन्धी सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ हुने भएका छन् । सर्वोच्चमा यसअघि कानुन व्यवसायीका तर्फबाट दायर भएका १२ थान रिट र नेकपा एमालेका तर्फबाट दायर भएको रिट विचाराधीन छन् । कानुन व्यवसायीले दायर गरेको रिटमा सबै विपक्षीको लिखित जवाफ पेश भइसकेको छ भन...