एशियाली खेलकुदमा भाग लिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्णय

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को वर्ष जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा भाग लिने निर्णय गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा हिजो बसेको राखेपको १ सय २४औं बोर्ड बैठकले एशियाली खेलकुदमा भाग लिने निर्णय गरेको हो । अघिल्लो सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको विवादका कारण एशियाली खेलकुद अन्यौलमा थियो । राखेपले लामो समयदेखि विभिन्न खेलका खेलाडीलाई सम्मिलित गर्दै मिसन २०२६ सञ्चालन गरिरहेको छ । जीवनराम...