काठमाण्डौको मौसम बदली, तराईमा हुस्सु र कुहिरोको प्रभाव उस्तै

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । हिजो र अस्ति दिनभर पारिलो घाम लागेको काठमाण्डौको आकाशमा आज बिहानैदेखि बादल लागेको छ । दिउँसो पनि बादल लाग्ने र हिजोजस्तो पारिलो घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले बताएका छन् । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले धेरै ठाउँमा मौसम बदली हुनुका साथै तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई याताय...