चार वर्षे युद्ध अन्त्यको खाका- डोनबासमा सैन्यरहित क्षेत्र चाहन्छ युक्रेन

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि तयार गरिएको पछिल्लो शान्ति योजनामा डोनबास क्षेत्रमा सैन्यरहित (डिमिलिटाराइज्ड) क्षेत्र स्थापना र पूर्वी भागबाट युक्रेनी सेना फिर्ता गर्ने सम्भावनाबारे विस्तृत जानकारी दिएका छन् । अमेरिका र युक्रेनका दूतहरूबीच फ्लोरिडामा भएको छलफलपछि तयार पारिएको २० बुँदे शान्ति योजनाबारे जानकारी दिँदै जेलेन्स्कीले अमेरिकी पक्षले रुससँग छलफल गरेपछि प्रतिक्रिया आउने बताएका छन् । उनले यो योजनालाई ‘युद्ध अन्त्य गर्ने मुख्य रूपरेखा’का रूपमा व्याख्या गरेका छन् । उनका...