नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। हिजोबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। हिजोको बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने विषय प्रमुख रूपमा उठेको थियो। बैठकमा बोल्ने अधिकांश सदस्यहरूले प्रस्तावित कार्यतालिका व्यवहारिक नभएको भन्दै परिमार्जन आवश्यक रहेको धारणा राखेको प्रवक्ता महतले बताए। बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गरेका थिए। उनले वडा र क्षे...