एलिजाले एक महिनामै त्यागिन् जनादेश पार्टी, बनिन् आजपा उपाध्यक्ष

१० पुस, काठमाडौं । जनादेश पार्टीको संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छाडेकी छन् । जनादेश पार्टी छाडेर उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा प्रवेश गरेकी छन् । आजपामा उनले उपाध्यक्षको जिम्मेवारी पाएकी छन् । पत्रकार ऋषि धमला पत्नी एलिजाले जनादेश पार्टी छाडेको र आजपाको उपाध्यक्ष बनेको जानकारी आफैं दिएकी छन् । […]