जनादेश पार्टीकी संस्थापक सदस्य एलिजा गौतमले पार्टी परित्याग गरेकी छन्। जनादेश पार्टी छाडेकी गौतम प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन्। आजपामा उनलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ। पत्रकार ऋषि धमला पत्नी एलिजाले जनादेश पार्टी छाडेको र आजपाको उपाध्यक्ष बनेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, ‘म एलिजा गौतमलाई यस पार्टीमा उपाध्यक्षको रूपमा स्वागत गर्नु भएकोमा आम जनता पार्टीका अध्यक्ष आदरणीय प्रभु साहलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु।’ अधिवक्ता रमणकुमार कर्णक...