१० पुस, विराटनगर । जंगली हात्तीको आक्रमणबाट झापामा एक युवक घाइते भएका छन् । मेचीनगर नगरपालिका -१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बेलुकी करिब ६ बजे दाउरा लिन वनमा गएका बेला जंगली हात्तीले उनलाई आक्रमण गरेको थियो […]