कोशी प्रदेश सरकार पुनर्गठनको किचलो बढ्न थालेपछि मुख्यमन्त्री हिक्मत कार्कीले‘नेकपा कार्ड’ फालेका छन् । सत्ता सहयात्री नेपाली कांग्रेसलाई साइजमा ल्याउने रणनीति अनुसार उनले नेकपा कार्ड फ्याँकेका हुन् । भ्रष्टाचार र विभिन्न काण्डमा मुछिएका कांग्रेसका मन्त्रीलाई हटाउन पार्टीले अटेर गरेपछि मुख्यमन्त्री कार्कीले नेकपालाई सरकारमा आउन आग्रह गर्दै नयाँ राजनीतिक चाल चालेका छन् । कांग्रेसले मन्त्री फेर्ने विषयमा कुनै ठोस निर्णय नदिएपछि निरीह देखिएका मुख्यमन्त्री कार्कीले अब कांग्रेसी मन्त्रीलाई बोकेर संसद्को सामना गर्न नसकि...