बर्दिया राष्ट्रिय निकुञ्जमा ५औँ पटकको बाघ गणना शुरू

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा हिजोदेखि ५औँ पटक बाघ गणना गर्न शुरू गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर बाघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताउनुभयो । उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । त्यहाँ आठगुणाले बाघको सङ्ख्यामा वृद्धि भएको पाइएको हो । बाघको वृद्धिसँगै संरक्षणको चुनौति पनि उत्तिकै वृद्धि भएको छ । यद्यपि बाघ गणना शुरू भएकै दिन हिजो बर्दियाको बारबर्दिया नगरपालिका–१० बैदीको फेनापति सामुदायिक वनमा पार्वती...