बालाजुमा मोटरसाइकललाई टिपरले ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका-१६ बालाजु बाइसधारा मन्दिर नजिक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । गएराति करिब १०:३० बजेतिर बा.प्र–०१–००६ ख ३४५४ नम्बरको टिपरले लु ५९ प ७०६४ नम्बरको एनएस पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसक्रममा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए । घाइते भएका अर्घाखाँची मालारानी गाउँपालिका–५ घर भई हाल काठमाडौंको बसुन्धारा बस्दै आएका २१ वर्षीय सागर खड्कालाई उपचारका लागि तत्काल राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा चि...