पछिल्लो समय नेपाली बजारमा केराको अभाव देखिनुका साथै मूल्य पनि आकासिएको छ । सबैभन्दा कम केरा खपत हुने हिउँदको सिजनमा पनि केराको अभाव हुँदै मूल्य २०० देखि २५० रूपैयाँसम्म दर्जन पुगेको छ । फलफूलको सबैभन्दा ठूलो खपत हुने काठमाडौं उपत्यकाभित्र पछिल्लो एक महिनादेखि सीमित स्थानहमा सीमित केरा मात्रै पाउन थालेका छन् । त्यसबाहेक अधिकांश फलफूल पसलमा केरा नै छैन । फलफूल बजार व्यवसायी संघ कुलेश्वरका अनुसार काठमाडौं उपत्यकामा स्वदेशी तथा भारतीय केरा १ प्रतिशत पनि छैन । बजारमा एक महिनादेखि केराको अभाव रहेको फलफ...