हुस्सु, कुहिरो, शीत, शीतलहर र तुषारोलाई यसरी बुझौँ

विशेषगरी नेपालमा जाडो मौसममा हुस्सु देखिन्छ । अंग्रेजी पात्रो अनुसार जनवरी, फेब्रुअरी र मार्चमा जमिन नजिकैको हावा धेरै चिसो हुने र त्योभन्दा माथिको हावा तातो हुने गर्छ । सामान्यता हामी वायुमण्डलमा पृथ्वीको सतहभन्दा जति माथि जान्छौं, हुस्सु लागेको समयमा तापक्रम बढ्दै जान्छ । हुस्सु लागेको समयमा जमिनको तल्लो तहमा एक किलोमिटरसम्म तापक्रम घट्नुको सट्टा सतहबाट माथि जाने बेलामा तापक्रम केही बढ्छ । यो खालको सानो तहलाई ‘इन्भर्सन लियर’ भनिन्छ । ‘इन्भर्सन लियर’ भएको बेलामा हुस्सु लाग्ने गर्छ । जमिनबाट उत्पन्न ह...