नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सले ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन कन्सर्ट’ आयोजना गर्ने भएको छ । लुम्बिनी लायन्सले हाल लुम्बिनी प्रदेशका विभिन्न स्थानमा च्याम्पियनसिप ट्रफी सेलिब्रेसन टुर गरिरहेको छ । लुम्बिनी लायन्सले सेलिब्रेसन टुरको अन्तिम दिन पुस १६ गते भव्य ट्रफी सेलेब्रेसन कन्सर्ट गर्ने घोषणा गरेको हो । सेलेब्रेसन कन्सर्टअन्तर्गत बुटवलस्थित बुटवल इन्टरनेसनल कन्भेन्सन सेन्टरमा साँझ ५ देखि राति १२ बजेसम्म बृहत कर्न्सट कार्यक्रम आयोजना गरिने क्लबले जनाएको छ । ...