विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनेष थापाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी २७ वर्षीय थापाको बिहीबार बिहान करिब १२ :५९ बजेतिर भएको दुर्घटनामा मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता, डीएसपी कोपिला चुडालका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट बरगाछीतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा उनी घाइते भएका थिए । ...