घरको रेलिङबाट लडेर घाइते भएका ६ वर्षीय बालकको मृत्यु

झापाको बिर्तामोड नगरपालिका–४ मा घरको रेलिङबाट लडेर गम्भीर घाइते भएका ६ वर्षीय एक बालकको उपचारका क्रममा मृत्यु भएको छ । बिर्तामोड–४, आगमनटोल निवासी रामकुमार कार्कीका ६ वर्षीय छोरा रियान्सको बुधबार बेलुका उपचारका क्रममा मृत्यु भएको हो । आफ्नै तीनतले घरको रेलिङमा खेल्ने क्रममा बालक अचानक भुइँमा खसेका थिए । रेलिङबाट खसेर गम्भीर घाइते भएका रियान्सलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो ।  अस्पतालमा ७ दिनदेखि उपचार भइरहेकोमा बुधबार चिकित्सकले उनलाई मृत घोषणा गरेका हु...