नेपाल भलिबल संघ (एनभीए) यतिबेला नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ को तयारीमा जुटेको छ । प्रतियोगिता पुस ११ देखि १९ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइने छ । प्रतियोगितामा २० टोलीको सहभागिता रहने छ । पुरुषतर्फ १२ र महिलातर्फ आठ टोलीले उपाधिका लागि भिडन्त गर्नेछन् । प्रतियोगिताबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगमा छनोट हुनेछन् । संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिताको ...