होन्डुरसको राष्ट्रपतिमा ट्रम्प समर्थित उम्मेदवार निर्वाचित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएका नास्री अस्फुरा होन्डुरसको अत्यन्तै कडा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनमा विजयी घोषित भएका छन् ।  प्राविधिक समस्या र धाँधलीको आरोपका कारण हप्तौं ढिलाइ भएपछि राष्ट्रिय निर्वाचन परिषद् (सीएनई)ले नतिजा सार्वजनिक गरेको हो । सीएनईका अनुसार कन्जरभेटिभ नेशनल पार्टीका उम्मेदवार अस्फुराले ४०.३ प्रतिशत मत प्राप्त गर्दै केन्द्र–दक्षिणपन्थी लिबरल पार्टीका साल्भादोर नास्रालालाई पराजित गरेका हुन् । नास्रालाले ३९.५ प्रतिशत मत प्राप्त गरेका थिए । सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया जनाउँ...