राष्ट्रिय सभा निर्वाचन : कांग्रेसमा देउवा समूहभित्रै 'नो नट अगेन' अभियान !

संघीय संसद, प्रदेश र स्थानीय तहमा पटक–पटक अवसर पाएकाहरूलाई राष्ट्रिय सभामा ल्याउन नहुने मत नेपाली कांग्रेसमा बलियो बन्न थालेको छ । पटक–पटक अवसर पाएकाहरूलाई ‘नो नट अगेन’ भन्दै संस्थापन समूहका नेताहरूले नै मोर्चाबन्दी गरेर पार्टी नेतृत्वलाई दबाव दिन थालेका छन् । सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्यहरूले एकै व्यक्तिलाई कतिपटक अवसर दिने हो भन्दै ‘राष्ट्रिय सभामा नयाँलाई अवसर’ भनेर दबाव बढाउन थालेका हुन् । राज्यका विभिन्न संरचनामा पटक-पटक अवसर उपभोग गरेकाहरूले पार्टीमा लाग...