लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

काठमाण्डौ – लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज केही घटेको छ । गएको सोमवारदेखि उच्च मूल्य कायम हुँदै आएको सुनको भाउ आज घटेको हो । सोमवार २ लाख ६१ हजार ७ सयमा कारोवार हुँदै त्यस दिनसम्मको सबैभन्दा उच्च मूल्य कायम भएको थियो । यस्तै मंगलवार २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ बुधवार अहिलेसम्मकै उच्च २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको सुन आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको दुई लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्...