विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षामा र पार्टीको भावी रणनीतिबारे छलफल गर्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको बैठक काठमाडौंमा शुरू भएको छ । काठमाडौंको बानेश्वर बुद्धनगरस्थित एक पार्टी प्यासेलमा शुरू बैठकले पार्टीको भावी कार्यदिशा तय गर्ने प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए । चुनावमा जाने निर्णय गरेर पार्टी दर्ता गरेपछि सो पार्टीले थप रणनीति बनाउन लागेको हो । बैठकलाई महासचिव विप्लवले सम्बोधन गर्दै सर्वपक्षीय सरकारमार्फत निकास खोज्नुपर्ने बताए । नेकपा माओवादीले सर्वपक्षीय सरकार गठनका...